झापा ।
झापाको दमकबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका–१ स्थायी वतन भई हाल झापाको दमक नगरपालीका–५ बस्ने १९ बर्षीय निरज मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
लागु औषध कारोबार गर्दै गरेको बिशेष सुचनाको आधारमा आइतवार मिति अंन्दाजी दिनको ४ः४० बजेको समयमा कोठामा बसीरहेको अवस्थामा फेलापारी कोठा खानतलासी गर्दा उनको कोठाबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनको कोठाबाट खैरो हेरोईन प्लाष्टिक बाहेक १ ग्राम ४० मिलिग्राम, प्रतिबन्धित लागूऔषध Tramadol Hydrochlorides Capsules I.P. लेखिएको २७ क्याप्सुल र Dicyclomine Tablet 20 mg लेखिएको २६ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ । ।
उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















