झापा । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप आज (सोमबार) गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ । 

यसैगरी, कोशी र बागमती प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको महाशाखो जनाएको छ।