बिर्तामोड । 

झापा बिर्तामोडमा रहेको एक हस्पिटलले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय पुनःनिर्माणका लागि आसर्थक सहयोग गरेको छ । 

स्पाइन–एक्स  सुपर स्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले प्रहरी भवन पुनःनिर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको हो । 

हस्पिटलका अध्यक्ष डा. प्रेमबहादुर शाही, मेनेजिङ डाइरेक्टर किशोर भुजेलले उक्त सहयोग रकम प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँई, रमेश चौधरीलगायतलाई हस्तान्तरण गरेका हुन् । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको थियो ।