झापा ।
झापाको दमक नगरपालिका–१० सगरमाथा टोलमा भएको आगलागीमा आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक–१० का केशब भण्डारीले घर नजिकै रहेको खेतबारीमा धानको लारमा आगो लाउने क्रममा उक्त आगो फैलिई सोही स्थानमा रहेका बिभिन्न संरचनामा आगलागी हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।
मंगलबार ११ः३० बजेको समयमा परालको कुन्युमा आगो सल्की नजिकै रहेको ईट्टाको गारो, टिनको छानो भएको गाई बस्तु बाधने २ वटा गाई गोठमा समेत आगो लागेर हुँदा गाई गोठ पूर्ण रुपमा जलेर गोठ भित्र रहेको गर्भवती गाईको जलेर मृत्यु भएको थियो ।
आगलागीबाट एउटा गाई जली घाईते भएको, सोही गोठमा राखिएको काठ, भाडा वर्तन, अन्नपात, गाई, गोठ समेत जलेर नष्ट हुँदा अन्दाजी आठ लाख) बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो नेपाल प्रहरी, स्थानियबासी, उर्लाबारी नगरपालिकाको र कमल गाउँपालिकाको दमकलको सहयोगमा १ः१० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय झापासहित देशभर आगलागीका घटना बढ्दै गएका छन् ।
यसैगरी झापाको कनकाई नगरपालिका–४ त्रिवेणीमा भएको आगलागीमा पनि आठ लाख रुपैयाँको क्षति भएको छ । त्रिवेणी टोलका खेमनाथ खनालको टिनको छानो टाटी बेरा भएको ग्वालीमा अचानक दियोबाट आगो लागेको हो ।
आगोलागीबाट ग्वाली, ग्वालि भित्र रहेको मकै, धान, तोरी, पानी तान्ने मोटर, पानी तान्ने तेलबाला मेसिन, भाडाकुडा, पराल जललेर नष्ट भएको थियो । साथै उक्त ग्वालिमा रहेकोएउटा माउ गाई जलेर घाईते भएको, उक्त गाईको एउटा बाछोको मृत्यु भएको थियो ।मंगलबार साँझ ७ः४५ बजे भएको आगलागीबाट आठ लाख मूल्य बराबरको क्षति भएको छ ।
आगो इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली गएर स्थानिय र शिवसताक्षी नगरको दमकलको सहयोगमा ८ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । घटनाको बिगायमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















