झापा । 

कोशी, मधेश  र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।