झापा ।
झापाको दमकबाट लुटिएका बिभिन्न हतियारका गोली फेला परेको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका बिभिन्न हतियारको ५८ राउण्ड फेला परेको हो । आइतवार दिनको ४ः४० बजेको समयमा दमक नगरपालिका–७ स्थित पशुहाट बजारको पछाडी होम पाइपमा फेला परेको प्रहरीले जनाएको छ ।
गत भर्दौ २४ गते भएको आन्दोलनको क्रममा लुटिएका बिभिन्न हतियारको राउण्ड बेवारिसे अवस्थामा फेला परेको स्थानियमार्फत इलाका प्रहरी कार्यालय दमक जानकारी प्राप्त भएको थियो ।
जानकारी प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली गएर उक्त स्थानबाट बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिक पोका खोलेर हेर्दा ७.६२ मिमि ३०३ राईफलको राउण्ड थान ८ थान, ५.५६ मि मि, INSAS राईफलको राउण्ड थान ५० थान गरी जम्मा राउण्ड ५८ राउण्ड बरामद भएको छ । उक्त हतियार बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।


















