झापा ।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ परेको छ । आज (आइतवार) बिहान ९ः४५ बजेको समयमा ती कैदी पक्राउ परेका हुन् ।
गत भदौं २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागेर फरार रहेका लागुऔषध र जाली नोट कारोबारी मुद्दाका कैदी ५ पन्थपडाका ३० बर्षीय ऐराजुल हक पक्राउ परेका हुन् ।
उनलाई झापा गाउँपालिका–४ भामटोली स्थित उनको आफन्तको घरमा लुकिछिपि बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले बिशेष सुचनाको आधारमा फेला पारी नियन्त्रणमा लिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको र आवश्यक कारवाहिको लागि सम्बन्धित कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















