झापा । 

झापा कचनकवल गाउँपालिका–६ लाहुरे चोकमा म्याजिक भेनमा आगलागी भएको छ । केचना चन्द्रगढी सडक खण्डमा बनियानिबाट हिमालीतर्फ जाँदै भेनमा अचानक आगलागी भएको हो । 

शनिवार ४ः३० बजेको समयमा मे १ ज ३२७९ नम्बर म्याजिक गाडी कुदिरहेको अवस्थामा अचानक आगलागी भएर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

भेन चालक सोही स्थानका २४ बर्षीय प्रकाश खनाललाई अनुहार र टाउँकोमा आगोले पोली सामान्य घाइते भई उपचारको लागि स्वास्थ्य केन्द्र बनियानीमा उपचार भइरहेको छ ।

गाडीमा सवार दुई जनालाई केही नभएको र उक्त सवारी पूर्ण रुपमा जलेर क्षति भएको छ । गाडीमा आगलागी सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।