झापा । 

झापाको बिर्तामोड नगरपालिका–२ चैतुवारीमा आगलागी भएको छ ।  दुर्गा स्टिल प्रालि उधोगको कामदारहरु बस्ने दुई तले पक्की घरको भुई तल्लाको किचेन कोठाबाट ग्यास लिक भइ अचानक आगोलागी भएको हो । 

बिहीवार साँझ  ६ः४० बजेको समयमा भएको आगलागीमा छ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  आगलागीबाट किचेन कोठा र किचन कोठासँगै टाँसिएको सुत्ने कोठा, कामदारहरुको नगद एक लाख ५० हजार,  लत्ताकपडा, मोबाईल–३ थान पूर्ण रुपमा जलेर नष्ट हुँदा छ लाख बारबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । 

आगो स्थानियहरुको सहयोगमा ७ः२० बजे समयमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो। आगलागीका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।