- जनक राउत
झापा ।
जनकपुरधाममा धुमधामसँग सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।
मंसिर ४ गतेबाट सुरु भएको सप्ताह व्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा जुन प्रकारले मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्छि त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।
आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।
राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह शुरु हुने गर्दछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी राम र जानकीको विवाह हुने गर्दछ । राम र जानकीको डोला निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालु भक्तजनहरुको घुईचो घुँइचो लाग्ने गर्दछ ।
स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । सप्ताहाव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत हिजो पाँचौ दिन जाकीको मटकरो सम्पन्न भएको थियो । त्यस अघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।
आज छैटौ दिन रामाजानकीको विवाह पश्चात भोलि रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ । विवाह पञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ ।


















