हल्दीवारी । 

झापाको हल्दीवारी गाउँपालिकाले पालिका भित्र हाल निर्माण सञ्चालनमा रहेका आयोजनाहरू र तिनको प्रगती विवरण बारे बुझ्न छलफल तथा अन्तरक्रिया गरेको छ ।

पालिकाले आज (सोमवार) गाउँपालिका  सभाहलमा पालिका भित्र हाल निर्माण सञ्चालनमा रहेका आयोजनाहरू र तीनका प्रगति विवरण बारे बुझ्न निर्माण सम्बन्धी कार्य गर्ने निर्माण ब्यवसायीहरुसँगै बृहत छलफल गरेको हो । आयोजना सञ्चालन समयावधी भित्रै र गुणस्तरिय रूपमा सम्पन्न गर्न पालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले निर्देशन समेत दिएका छन् । 

कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, , प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), योजना शाखा प्रमुख राजन न्योपाने, वडा अध्यक्षहरू, शाखा प्रमुख, निर्माण व्यवसायी र प्राविधिकहरूको उपस्थिति रहेको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा निर्माण व्यवसायीहरूले  समयमै काम सक्ने प्रतिबद्वता जनाएका छन् ।