बिर्तामोड ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले इलाका प्रहरी कार्यालय अनारमनीलाई एउटा ल्यापटप दिएको छ । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ठूलो क्षति व्यहोरेको प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पुनःस्थापनाका लागि सहयोग जुट्दै गएको छ ।
युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व पदम श्रेष्ठ, बिपिन बजगाँई, रमेश चौधरीसहितका युवाहरुको अगुवाईमा ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भार शुरु गरिएको थियो ।
सवैको सहयोग र साथले पुनःनिर्माण तथा मर्मत सम्भार अन्तिम चणमा पुगेको भएपनि सहयोग भने जुट्ने क्रम जारी रहेको पुनःनिर्माण तथा मर्मत सम्भारका अगुवा बिपिन बजगाँईले जानकारी दिए । यसै क्रममा आज अर्जुनधारा–५ को वडा कार्यालयको तर्फबाट एक थान ल्यापटप सहयोग प्राप्त भएको छ ।
अर्जुनधारा–५ वडा कार्यालयको तर्फबाट उक्त ल्यापटप प्राप्त भएको हो । अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि), वडा सदस्य बिष्णुप्रसाद कँडेल (अर्जुन), लक्ष्मीप्रसाद खनालले इलाका प्रहरी कार्यालयमै पुगेर इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, पुनः निर्माण तथा मर्मत सम्भारका अगुवा पदम श्रेष्ठ, बिपिन बजगाँईलगायतलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।


















