झापा । 

झापाको झापा गाउँपालिका–५ खाताबस्तिबाट एक जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज (मंगलबार) मध्यान्ह ११ः५० बजेको समयमा पक्राृउ गरेको हो । 

सशस्त्र प्रहरी बल बिओपि पन्तापाडा झापाबाट  खटिएको ७ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल गाउँपालिका–३ केर्खाका  २८ बर्षीय दिलिपकुमार भुजेललाई पक्राउ गरेको छ । 

  भुजेलमाथि शंका लागे चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ८ ग्राम ३७ मिलिग्राम फेला परेको थियो ।

उक्त लागूऔषधसहित भुजेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।