झापा । 

जेनजी आन्दोलनका क्रममा झापाबाट फारार दुई जना फरार थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका उनीहरुलाई आइतवार दिनको ४ः३० प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शिवसताक्षी नगपालिका–४ का २९ बर्षीय राजेन्द्र ताजपुरिया र सोही स्थानका ४० बर्षीय ननकिशोर शाह छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेको हिरासतमा रहि लागुऔषध मुद्धामा म्याद थप भई कसुर अनुसन्धान भइरहेकोमा उनीहरु  आन्दोलनका क्रममा हिरासतबाट भागेर फरार रहेका थिए । 

उनीहरुको घरवतनबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याएर राखिएको छ भने थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।