झापा ।  

सवारी दुर्घटनामा घाइते उपचारका क्रममा मुत्यु भएको छ । झापाको गौरादह नगरपालिका–१ गैरीया चोकस्थित पाडाजुगी गौरीगञ्ज भित्री सड्क खण्डमा भएको सवारी दुर्घटनामा घाइते एक महिलाको आइतवार दिनको १२ः३० बजेको समयमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौरादह–१ की ३७ बर्षीया खुसबु खातुन छिन् । गत कासर्तक २१ गते अन्दाजी साँझ ७ः४० बजेको समयमा गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ ह. ५७५४ नम्बरको अटोले  गैरीयाचोकमा रोकी धान लोड गर्दै गरेको प्रदेश न.१–०२–००१ ख ९०९३ नम्बरको मिनि ट्रकको पछाडी ठोक्कीएर दुर्घटना भएको थियो । 

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ बर्षीय मो. डोमाको बायाँ हातचोट लागेको र सोहि अटोमा सवार उनकै श्रीमती खुसबु खातुनलाई गम्भीर चोट घागेर घाइते भएकी थिइन् । 

उनलाई उपचारको लागि निम्स अस्पताल दमकमा उपचार गर्न लगिएकोमा  थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएको थियो । उपचारकै क्रममा खुसबु खातुनको नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । उक्त घटनाका बिषयमा अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।