झापा।

जेनजी आन्दोलनका क्रममा फारार रहेका एक जना थुनुवा सम्पर्कमा आएका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट फरार एक थुनुवा सम्पर्कमा आएका हुन् ।

सवारी अंगभङ्ग मुद्दामा अनुसन्धान भइरहेका कचनकवल गाउँपालिका–६ घर भई हाल काठमाडौं दक्षिणकाली–३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल आज बिहान आफै सम्पर्कमा आएका हुन् । 

उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका थिए ।