बिर्तामोड । 

जेनजी युनाइटेड मोमेन्ट नेपालले झापाको बिर्तामोडमा एकता र्याली गरेको छ । आज (सोमवार) बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडी जेनजी युनाइटेडले  याली गरेको हो । देशभरका बिभिन्न समुहमा विभाजित जेनजीहरुलाई एकता गर्ने उदेश्यका साथ थालिएको अभियान अन्तरगत बिर्तामोडमा  र्याली गरिएको हो । 

जेनजी युनाइटेड मोमेन्ट नेपालका अगुवा सुरेश भारती, सोनिया बिक, निशा भारती, सागर तामाङ, पंकज गिरी, रिचन राई, अन्जना राई, जेनजी आन्दोलनमा घाइते तथा सहिद परिवारका सदस्यसहित एक सय वढीको सहभागीतामा र्याली भएको थियो । 

जेनजी आन्दोलनले उठाएका मुद्दाहरु सम्बोधन नभएको भन्दै सो को बिरोधमा  ‘रगत, आँशु र आशाबाट जन्मिएको पुस्ताले अब राष्ट्र एकताको नयाँ अध्याय लेख्ने छ’ भन्ने मुख्य अभिप्रयाले जेनजी एकता अभियान सञ्चालन गरिएको बताइएको छ । 

‘हामी सबै नेपाली एउटै सपना, सहिदको रगत खेर नजाओस, सहिदको सपना देशको सपना’ जस्ता नारा लेखिएका प्लेकार्ड र नेपालको राष्ट्रिय झण्डासहित ¥याली निकाली बजार परिक्रमा  गरिरहेको थियो । उक्त ¥याली बिर्तामोड–५ सिटी सेन्टरबाट शुरु भएर मुक्तिचोक परिक्रमा गरी पुन सिटी सेन्टर अगाडि आई सडक नाटकसहित कोण सभामा परिणत हुने थियो । उक्त र्यालीमा जेनजी समुह भन्दा अन्य पुस्ताको सहभागीता धेरै देखिएको थियो ।