झापा ।
जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गर्ने एक जना पक्राउ परेका छन् । गत भदौं २४ गते दिउँसो ४ बजेको समयमा झापाको दमक नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय दमक कार्यालयमा तोडफोड, आगजनी, लुटपाट गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
पाँचथर मिक्लाजुङ गाउँपालिका–५ स्थाई वतन भई हाल दमक नगरपालिका–१ बस्ने २१ बर्षीय साजन लुहागुन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमक झापामा तोडफोड गरेको भिडियो, फोटोहरुको आधारमा
उनले प्रयोग गर्ने मोवाईलमा उनले चलाउने Username sajanluhagunofficial ePsf] Tiktok भएको त्ष्पतयप मा इलाका प्रहरी कार्यालयमा आगो लगाउदै गरेको, गोली बोकेको भिडियोहरु तथा फोटाहरु समेतको आधारमा खोजतलास गर्ने क्रममा हिजो (शनिवार) दिउँसो अन्दाजी २ बजेको समयमा दमक–५ बाट पक्राउ गरिएको थियो ।
पक्राउ गरिएक उनलाई आज (आइतवार) जिल्ला अदालत झापाबाट अपराधिक उपद्रव कसुरमा ५ दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















