झापा ।
झापाको दमक नगरपालिका–८ मा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज (शनिवार) दिनको ४ बजेको समयमा लागूऔषधसहित पक्राउ गरेको हो ।
दमक–५ का अन्दाजी २५ बर्षीय निराज सापकोटा र दमक–९ का अन्दाजी २५ बर्षीय अरुण रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक बाहेक ८ ग्राम १५ मिलिग्राम र बिभिन्न दरका नेपाली नोट नगद ३५ हजार साथै बिभिन्न कम्पनीका तीन थान मोवाइल फोन फेला परेको थियो ।
यसैगरी कालो कलरको प्र१–०१–०१४ प ८१६१ नम्बरको मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















