झापा । 

 झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (शनिवार) बिहान १०ः३० बजेको समयमा सोही स्थानका ५५ बर्षीय बिकास प्रधानको करेन्ट लागेर मृत्यु भएको हो । 

प्रधान आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । 

घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा अस्पताल पुर्‍याउन साथ बिहान ११ः२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।  पोखरी छेउमा बाँधिएको गाई समेतलाई करेन्ट लागेर मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिटाबाट प्रहरी टोली गएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।