झापा । 

जेन्सी आन्दोलनको क्रममा आगजनी र तोडफोड गर्ने झापाबाट धमाधम पक्राउ पर्न थालेका छन् । गत भदौं २३ र २४ गते भएको जेनजी आन्द्योलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आगजनी र तोडफोडका क्रममा प्रहरीलाई कुटपिटसमेत गर्ने पक्राउ पर्न थालेका हुन् । 

प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरि  झापामा कार्यारत प्रहरी हल्लार बिजय खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाएर फरार रहेका  झापा बिर्तामोड–५ का २६ बर्षीय नवराज राईलाई खोजतलाशको क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुर  क्षेत्रबाट पक्राउ गर्न सफल  भएको हो ।

पक्राउ गरिएका राईलाई आवश्यक अनुसन्धानको लागि शुक्रवार इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याएर ज्यान मार्ने उधोग कसुरमा मुद्दा दर्ता गरि  जिल्ला अदालत झापाबाट  ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यसअघि पनि अर्जुनधारा–६ पदम राई र उनकि श्रीमती पुजा मगरलाई प्रहरीले पक्राउ गरिेको थियो ।