झापा ।
झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ ५ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो ।
भारतको पानीट्याङकिबाट नेपालतर्फ भाडाको सिटि सफारीमा आउँदै गरेका दमक नगरपालिका–५ का ३१ बर्षीय राजु श्रेष्ठलाई शंका लागेर चेकजाँज गर्ने क्रममा उनको साथबाट लागुऔषध (खैरो हेरोईन) फेला परेको थियो ।
खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेसँगै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट प्लाष्टिक बाहेक ४५ ग्राम ९३० मिलिग्राम लागुऔषध फेला परेको बताइएको छ ।
उनलाई उक्त लागुऔषधसहित नियन्त्रण गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















