झापा ।  

झापा बिर्तामोड नगरपालिका–४ मेघाबारी टोल डुवेर एक बालकको मृत्यु भएको छ । बिर्तामोड–४ का बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश माझीको आज (बुधवार) बिहान ९ः४५ बजेको समयमा अदुवा खोलामा डुवेका थिए । 

खेल्ने क्रममा घर छेउमै रहेको अदुवा खोलामा डुबेको अवस्थामा बालकका हजुर बुबाले देखेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याएका थिए । 

डाक्टरले चेकजाँच गर्दा मृत्यु मृत्यु भइसकेको घोषणा गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली गएको छ । पोष्टमार्टमको लागि शव प्रादेशिक मेची अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।