झापा । 

गएराति झापाको गौरादह नगरपालिका–५ स्कुलचौन बजारबाट १० जना जुवाडे पक्राउ परेका छन् । शनिवार राति ९ बजेको समयमा सोही स्थानका ४५ बर्षीय  भरत कार्कीको घरमा ३८ बर्षीय दिलबहादुर मगरले भाडामा सञ्चालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । 

 गोप्या सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट  खटीएको प्रहरी टोलीले रितपुर्वक खानतलासी गर्दा १० जना जुवाडेसहित नगद र प्रमाणसहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । 

पक्राउ पर्नेमा गौरादह–५ का ३८ बर्षीय दिलबहादुर मगर, सोही स्थानका ४२ बर्षीय  हृदयराज सुबेदी, ४० बर्षीय तुलाराम फुयाल, ४१ बर्षीय नवराज भट्टराई, गौरादह–४ का ४५ बर्षीय  भरत कार्की, सोही स्थानका ४५ बर्षीय युवराज खड्का, ४८ बर्षीय टंकप्रसाद बराल, २२ बर्षीय रोमन खत्री, गौरादह–३ का ४६ बर्षीय जगत अधिकारी र गौरादह–६ का ४९ बर्षीय केदारकुमार मगर रहेका छन् ।  

उनीहरुको साथगबाट जुवा खेल्न प्रयोग भएको कालो रङको म्याट्रेस थान–१, बिभिन्न दरका नगद एक लाख ११ हजार ४१० रुपैयाँ, जुवाजन्य खेल तास खेल्न प्रयोग भएको तीन बुङ ताससहित पक्राउ गरिएको छ । 

उनीहरुको बिषयमा थप अनुसन्धानको लागि जिल्ला प्रशाासन कार्यालय झापाबाट आज (आइतबार) ५ दिन म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

संकेत तस्वीर