हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले आर्थिक बर्ष ०८२/०८३ मा संघीय सशर्त अनुदान तर्फ खाद्यान्न बाली (गहुँ) को उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
कृषि बिभागको गत भदौं १२ गते प्रकाशित भएको सूचना अनुसार सुचिकृत भएका गहुँका उन्नत बीउ माग भएको तर ५० प्रतिशत मूल्य रकम जम्मा गर्न बाँकी देखिएकोले पालिकाले बिहीवार सूचना प्रकाशित गर्दै सहभाइता जनाउन आग्रह गरेको हो । पालिकाले सूचना जारी भएको मितिले ७ दिन भित्र गहुँको बीउ माग परिमाणको मूल्य रकम जम्मा सम्बन्धीत सवैमा आग्रह गरेको छ ।
साथै ईच्छुक कृषक/कृषक समुह/कृषि सहकारी/उद्यमी कृषकहरुले पनि गहुँको बीउ माग गर्न सकिने भएकाले मागको आधारमा मात्रै गहुँको उन्नत बीउ खरिद गरिने भएकोले उल्लेखित मिति भित्र आवश्यक बीउ माग गरी मूल्य रकम जम्मा गर्न सकिनेछ अन्यथा माग नगरेका कृषकहरुको हकमा गहुँको उन्नत बीउ खरिद नहुने र उपलब्ध गराउन नसकिने समेत पालिकाले स्पष्ट पारेको छ ।
जारी सूचनामा पालिकानका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) र कृषि अधिकृत (छैटौ तह) छविलाल गुरुडले हस्ताक्षर गरेका छन् ।
यस्तो छ पालिकाले जारी गरेको सूचना :



















