शनिश्चरे । 

दशनाम तीलक पुरी संगठित भएका छन् । दशनाम तीलक आत्रय गोत्र चलाउने पुरी बन्धुहरु संगठीत भएका हुन् । अर्जुनधारा–१० स्थित चुथाईकी नैनकला पुरीको १० औं पुन्य तिथिका अवसरमा आइतवार भएको भेलाले नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । 

गठीत तदर्थ समितिको संयोजकमा ताप्लेजुङका देउनारायण पुरी रहेका छन् । यस्तै सदस्यमा बिर्तामोडका पदमबहादुर पुरी (प्रकाश), मेचीनगरस्थित पाटापुरका ओम पुरी, ज्ञानबहादुर पुरी, अर्जुनधारा–१० चुथाईका पदमप्रसाद पुरी, पाँचथरका खेमनाथ पुरी, कालिझोडाका खेमनाथ पुरी, चारपानेका कमलप्रसाद पुरी र भद्रपुरका पुर्णप्रसाद पुरी रहेका छन् । 

उक्त तदर्थ समितिले देशभर रहेका दशनाम तीलक पुरी (आत्रय गोत्र चलाउने) बन्धुहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । तथ्याङ्क संकलनका लागि सम्बन्धीत क्षेत्रको प्रतिनिधिलाई जिम्मेवारी दिने समितिले निर्णय गरेको सदस्य पदमबहादुर पुरी (प्रकाश) ले जानकारी दिए । यसैगरी गठित समितिले पुरी बन्धुहरुको वंशावली निर्माणका लागि सफ्टवेयर खरिद गरेर देश तथा बिदेशमा रहेका दशनाम तीलक पुरीहरुलाई एकताबद्ध गराउने पनि निर्णय गरेको छ । 

समितिले यसका लागि विश्वका जुनसुकै स्थानमा रहेका दशनाम तीलक आत्रय गोत्र चलाउने पुरीलाई आव्हानसमेत गरेको छ । देशमै पहिलो पटक दशनाम तीलक आत्रय गोत्र चलाउने पुरी बन्धुहरु संगठीत भएका हुन् ।