झापा। 

झापा बिर्तामोड नगरपालिका–५ का ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । आज (बिहीवार) बिहानको राति २ः१५ बजे बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवसताक्षी–७ व्याङडाँडाबाट नियन्त्रणमा लिइएको हो ।

 उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । बुधवार साँझ ६ः३० बजे झै–झगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँस प्रहार गरेका थिए ।

घटनास्थलमै ढलेका राजवंशीलाई आफन्तले उपचारका लागि बीएण्डसी अस्पताल ल्याइपुर्‍याउन साथ उनको मृत्यु भइसकेको थियो । उनी आफ्ना दाईसँग ग्रीलको काम गर्दै आएका थिए ।