बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले देउसीभैलो कार्यक्रम अन्तरगत कोषका लागि सहयोग संकलन कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । समाजले बिर्तामोड नगर समितिमा रहेका दशनामी बन्धुहरुलाई एकताबद्ध गराउने र नगरका दशनामी बन्धुहरुमा पर्ने समस्यालाई सामुहिक रुपमा समाधान गर्ने उदेश्यले केही बर्षअघि देखि भेटघाट तथा देउसीभैलो कार्यक्रम अन्तरगत कोषका लागि रकम संकलनलाई निरन्तरता दिदै आएको छ ।
देउसीभैलो कार्यक्रमकै क्रममा सामाजिक तथा सहकारी अभियान्ता महेन्द्रकुमार गिरीले समाजलाई दिगो बनाउन अक्षयकोषको स्थापना गर्न सुझाव दिए । उनले कोषमा नगर समिति मात्र नभएर क्षेत्रका आधारमा सवै बन्धुहरुलाई समेट्न र सकेको सहयोग लिएर सवैलाई एकताबद्ध गराउनसमेत सुझाव दिएका छन् । यता व्यवसायी कुमार गिरीले पनि बन्धुहरुका लागि समाजले गर्दै आएको कार्यको प्रशंसा गर्दै दशनामी बन्धुहरुले एकताबद्ध भएर समाजलाई सक्रिय र मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् ।
समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको नेतृत्वमा तिहारको अवसर पारेर आज (बुधवार) पनि कोषबृद्धिका लागि देउसीभैलो अन्तरगत सहयोग संकलन गरिरहेको समाजका नगर सचिव प्रजित पुरीले जानकारी दिए ।
देउसीभैलो कार्यक्रम अन्तरगत कोषका लागि सहयोग संकलन कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार तथा बिर्तामोड नगर सल्लाहकार बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सल्लाहकार संयोजक तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका कोशी प्रदेश अध्यक्ष तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), समाजका बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष तथा देउसीभैलो कार्यक्रमका संयोजक खेमराज गिरी, कोषाध्यक्ष बिदुर गिरी, नगरका निवर्तमान अध्यक्ष अर्जुन गिरी, नगर प्रेस संयोजक उद्धव पुरी, नगर सदस्य रणबहादुर गिरीलगायत सहभागीता रहेको थियो ।
समाजले नगर भित्र दशनामी बन्धुहरुको घरपरिवारमा हुने मरिमराउमा समवेदनासहित आर्थिक सहयोग गर्दै आएको छ भने समस्यामा परेका बन्धुहरुलाई पनि आर्थिक सहयोग गर्दै आएको छ ।


















