बिर्तामोड ।
सामाजिक व्यक्तित्व झापा बिर्तामोड नगरपालिका–५ का बिपिन बजगाँईले एकपछि अर्को सामाजिक कार्य गर्दै आइरहेका छन् । युनिक मेशिनरी ट्रेडर्स बिर्तामोडका सञ्चालक तथा बिर्तामोड उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका बजगाँईले झार काट्ने मेशिन प्रदान गरेका छन् ।
बजगाँईले अर्जुनधारा नगर खेलकुद विकास समितिलाई करिब ४८ हजार रुपैयाँ मूल्य बराबरको झार काट्ने मेशिन प्रदान गरेका हुन् । बजगाँईले उक्त झार काट्ने मेशिन अर्जुनधारा नगर खेलकुद विकास समितिका संयोजक सुरेन्द्र धिमाललाई निःशुल्क रुपमा प्रदान गरेका छन् ।
झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ, वीरता जेसीजका अध्यक्ष युवराज कुँवरलगायतका खेलकर्मीको उपस्थितिमा उनले निःशुल्क रुपमा झार काट्ने मेशिन हस्तान्तरण गरेका हुन् । उक्त मेशिनले झारसहित रुखका हाँगासमेत काट्ने बताइएको छ ।


















