झापा ।
झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज (आइतवार) दिनको १ः१० बजेको समयमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
कचनकवल गाउँपालिका–२ का सन्ताने गाईनेका छोरा अन्दाजी ४९ बर्षीय लोक बहादुर गाईनेसोही स्थामा रहेको अमलखुट्टा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर मृत्यु भएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली गएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















