झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–७ मा एक नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । बुद्धशान्ति–७ सुनमाईमा गएराति ९ बजेको समयमामा शिशु फेला परेको हो ।
सोही स्थानका सिमा आचार्यको घरको आगाडीको वरन्डामा अन्दाजी ४÷५ दिनको जस्तो देखिने शिशु (छोरी) घर आगाडीको वरन्डामा राखेको अवस्थामा फेला परेको बताइएको छ ।
सोहि घरमा भाडा लिएर बस्ने ताप्लेजुङको श्रीजंगा गाउँपालिका–७ का ओमप्रकाश तुमीहाङ लिम्बुले शिशुलाई देखेर राति ९ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।
उक्त जानकारी पाउन साथ तत्काल बुधबारेबाट प्रहरीको टोली गएर शिशुलाई उद्धार गरी स्थानिय, भद्रभलादमी तथा जनप्रतिनिधिको समन्वयमा शिशुलाई प्रादेशीक अस्पताल भद्रपुर पठाइएको छ ।
शिशुको अवस्था समान्य रहेको र थप अनुसन्धान तथा बुझ्ने कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















