चन्द्रगढी ।

झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिव पान्चायन मन्दिरको १६औ साधरण सभा बिहीबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न साधरण सभामा मन्दिर समिति अध्यक्ष भगिरथ नेपालले सस्थाको नीति, कार्यक्रम प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राम दाहाल, देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष राजु बराल, प्रकास एकता कृषि सहकारी अध्यक्ष गोपाल श्रेष्ठ, चन्द्रगढी दोस्रो खानेपानी अध्यक्ष चुडामणि मैनाली, कौसिल्या प्रसाइलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

मन्दिर समिति अध्यक्ष भगिरथ नेपालको अध्यक्षता, पार्वती मल्लको स्वागत र बिरेन्द्र मल्लको सन्चालनमा सम्पन्न कार्यक्रममा कोसाध्यक्ष यामप्रसाद घिमिरेले आर्थिक प्रतिबेदन प्रस्तुत गगरेका थिए ।