माइधार ।
श्रीलक्ष्मीनारायण मन्दिर तथा जगतगुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा श्रीलक्ष्मीनारायण दिव्यदेश निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधारमा रहेको मन्दिरमा श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा अर्थात महासम्प्रोक्षण उद्घाटन आगामी वैशाख महिनामा गरिने भएको छ ।
श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) समारोहका अवसरमा उद्घाटन गरिने आज (बिहीवार) मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा समारोह आगामी वैशाख ११ देखि १८ गतेसम्म बृहत समारोहका बिच गरिने निर्माण समितिका सचिव हरिनारायण वास्कोटाले जानकारी दिए ।
श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रम पवित्र कनकाई नदीको पश्चिम तटमा अवस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रम वि.सं. २०२८ मा स्थापना भएको धार्मिक संस्था हो ।
वि.सं. २०५१ वैशाखदेखि जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भई निरन्तर सञ्चालनमा रहेको छ । नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मुख्य अभिमत प्राप्त सो सस्थाले उनको जीवनकालमा उनले स्थापना गरेका ५ वटा मठ मन्दिर र उनकै वैकुण्ठवास भएपछि उनको परम्परामा सञ्चालन भईरहेका नेपाल, भारत, भूटान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, आदि देशमा रहेका दर्जनौं मठ मन्दिरको मठीय अभिभावकत्व निर्वाह गर्दै आएको छ ।

सस्थाले आफ्ना प्रकल्पका रुपमा श्रीलक्ष्मीनारायण मन्दिर, श्रीवोगिराज स्वामीजी महाराजको कृष्टि मन्दिर, कक्षा १० सम्म जौपचारिक अध्ययन अध्यापन हुने श्रीजनन्तादर्श संस्कृत वेद विद्यालय, श्रीलक्ष्मीनारायण मौज्ञाला, श्रीलक्ष्मीनारायण वैष्णवालय, श्रीयोगिराज छात्रावास, श्रीयोगिराज पुस्तकालय, बज्ञमण्डपलगायतका माध्यमबाट भगवत् सेवाका साथै धार्मिक, सामाजिक, शैक्षिक लगायत विविध क्षेत्रमा योगदान गरिरहेको छ ।
सस्थाको मूल मन्दिर दिनप्रतिदिन जीर्ण बन्दै गईरहेको अवस्थालाई मध्यनजर गरी त्यसबाट भगवत् सेवामा पुगेको बाधा र अन्य जटिलता अन्त्य गर्दै नेपालकै ऐतिहासिक प्रथम जगद्गुरुको मुख्य मठका रुपमा रहेको आश्रमको गरिमालाई उच्च बनाउँदै उनको कीर्तिध्वजालाई अझ व्यापक र चिरस्थायी बनाउन तथा यस क्षेत्रको धार्मिक पर्यटनमा विशेष योगदान गर्ने पावन लक्ष्यका साथ गत २०७८ वैशाख १६ गते शिलान्यास गरिएको थियो । यस मन्दिरमा वार्षिक रुपमा स्वदेशी तथा विदेशी गरी १० औं हजार भक्तजनको आवागमन भईरहेको अवस्थाले धार्मिक पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्दै आएको मन्दिर समितिले जनाएको छ ।
श्रीयोगिराज स्वामीजी महाराजका शिष्य सम्पदा विश्वभर छरिएर रहेकाले अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत, डेनमार्क, नर्वे, नेदरल्याण्ड, भूटानलगायत तेस्रो मुलुकबाट भक्तजनहरू धार्मिक अनुष्ठान र सत्संग गर्न आउने गरेको बताइएको उक्त मन्दिर कोशी प्रदेशकै पहिलो मन्दिर रहेको समितिले दावी गरेको छ । देश विदेशमा रहेका भक्तजन र स्थानीयवासीको दानचन्दा र साथ सहयोगबाट करिब ९ करोडको लागतमा दिव्यदेश निर्माणले अहिलेको स्वरुप ग्रहण गरेपनि निर्माण र साज सज्जाका बाँकी कार्यमा अनुमानित २ करोड रकम खर्च लाग्ने अनुमान गरिएको वरिष्ठ उपाध्यक्ष हरि तिम्सिनाले बताएका छन् ।
तिम्सिनाको अनुसार दिव्यदेश निर्माणमा हालसम्मको सम्पूर्ण लागत रकम दान चन्दाबाट प्राप्त भएको तथा निर्माणाधीन भान्साघर निर्माणका निम्ति कोशी प्रदेश सरकार, सहरी विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नवनिर्मित मन्दिरमा स्थापना गरिने एक दर्जन भन्दा बढी पत्थर मूर्ति र २ दर्जनभन्दा बढी धातु मूर्ति पनि ल्याईसकिएको आगामी २०८३ वैशाख ११देखि १८ गते सम्म श्रीलक्ष्मीनारायण दिव्यदेशको प्रतिष्ठा (महासम्प्रोक्षण) ÷ उद्घाटन समारोह आयोजना गर्ने निर्णय गरिएको बरिष्ठ उपाध्यक्ष तिम्सिनाले जानकारी दिए ।
उक्त समारोहमा दक्षिण भारतको तामिलनाडु, काञ्चीपुरम् स्थित श्रीकाञ्चीप्रतिवादी भयकर सिंहासनाधीश्वर जगदगुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराजको प्रमुख आतिथ्य रहेको बताइएको छ । उक्त समारोहमा नेपाल, भारत, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकबाट सयौंको संख्यामा विशिष्ट धर्माचार्य, सन्त, महन्त, विशिष्ट विद्वान् विदुषी र हज्जारौं हजार भक्तजनको उपस्थिति रहने बताइएको छ ।
प्रतिष्ठा समारोह सम्पन्न गर्न अनुमानिततीन करोड रुपैयाँ खर्च हनु अनुमान आयोजकको छ । निर्माणका बाँकी कार्य पूरा गर्दै निधर्धारित समयमा प्रतिष्ठा समारोह सम्पन्न गर्न आवश्यक रकमको अभाव रहेको र थप विस्तार गर्दै दीर्घकालसम्म सञ्चालनको स्रोत व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौति रहेको समितिले जनाएको छ । त्यसका लागि तीनवटै तहका सरकार, उद्योगी, व्यवसायी, समाजसेवी, स्थानीयवासी, देश विदेशमा छरिएर रहेका सम्पूर्णमा साथ र सहयोगका लागि आग्रह गरिएको छ । समारोह सम्पन्न गर्न १००८ सदस्यीय मुल आयोजक समिति गठन गरिने र आवश्यकताका आधारमा उप–समितिहरु गठन गर्दै जाने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष स्वामी गोविन्दप्रसाद दाहाल, स्वामी केशव आचार्य महन्त, स्वामी भागवत आचार्य उताराधिकारीलगायत समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


















