झापा । 

झापाको बुद्धशान्ति गाँउपालिका–२ प्रगतिटोलमा आगलागी भएको छ । आज (बिहीवार) बिहान राति ३ः४० बजेको समयमा आगलागी भएको हो । 

बुद्धशान्ति गाँउपालिका–२ प्रगतिटोलका प्रेमप्रसाद कार्कीको घर नजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा अचानक आगलागी भएको हो । 

आगोलागी स्थानियवासी, घर परिवारको सहयोगमा बिहान ५ः३० बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी लजनाएको छ । उक्त आगोलागीबाट गाई गोठ, गोठमा राखेको पराल, काठ र मकै ३० मन  पूर्ण रुपमा जलि नष्ट भएको बताइएको छ ।

साथै गोठमा रहेको एउटा गाई आंशिक रुपमा जलेर घाईते हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।