झापा । 

तिहार नजिकिएसँगै झापामा पटका बरामद हुने क्रम जारी छ । यसैक्रममा आज (बुधवार) बिहान १०ः३० को समयमा पनि झापाको गौरादह नगरपालिका–१ स्थित कृषिबजारबाट प्रहरीले पटका बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीको गस्ती टोलीले गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको तल्काल नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको पटका नियन्त्रण गरेको छ । 

मोटरसाइकलमा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको २ बोरा आलुबम खोर्साने पटका प्रहरी टोलीलाई देखेर सामान छाडेर ागेका थिए । उक्त पटका प्रहरीले नियन्त्रण गरेको छ । 

मोटरसाइकलसहित तत्काल ती मानिसहरु फरार रहेको साथै उक्त ५० हजार मूल्य बराबरको पटका अर्थात सामान बरामद गरी इलाका प्रहरी कार्यालय गौरादहमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि पनि झापाका बिभिन्न स्थानबाट पटका बरामद भएका थिए । फाइल तस्वीर