सुरुङ्गा ।
झापाको कनकाईबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको कनकाई खबर साप्ताहिक प्रकाशनको आठौं वर्षमा प्रवेश गरेको छ । कनकाई खबरका सम्पादक एवं प्रकाशक रामप्रसाद निरौलाले संघर्षपूर्ण चुनौतीहरु पार गर्दै आठौं वर्षमा प्रवेश गरेको यो सुखद अवसर केवल संस्थाको प्रगति मात्र नभएर स्थानीय पत्रकारिताको निरन्तरता र जनविश्वासको प्रतीक पनि भएको बताएका छन् ।
२०७४ मा स्थानीय स्तरका गतिविधिलाई संचारको माध्यमबाट तत्काल सार्वजनिक गर्नु पर्ने आवश्यक्ताको महसुश गर्दै २०७५ बाट साप्ताहिकको रुपमा कनकाई खबरको सुरुवात भएको सम्पादक निरौलाले बताएका छन् ।
स्थापना कालदेखि नै स्थानीय स्तरका समसामयिक विषय, जनजीवनका विविध पक्ष र सामाजिक सरोकारलाई प्राथमिकतामा राख्दै अघि बढेको यस साप्ताहिकले पत्रकारिताको धर्म र दायित्वलाई निरन्तर अँगाल्दै आएको बताइएको छ ।


















