हल्दीवारी । 

झापाको हल्दीवारी गाउँपालिकामा गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धी तथ्याङ्क प्रमाणीकरण तथा प्राथमिकिरण कार्यशाला सम्पन्न भएको छ । 

हल्दीबारी गाउँपालिमा आज (शुक्रवार) कोशी प्रदेश सरकार, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय बिराटनगर तथा एस.एन.भी. नेपालको सहयोगमा खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयारी गर्ने क्रममा संकलन गरिएका तथ्याङ्कहरु वडा तहबाट प्रमाणीकरण पश्चात गाँउपालिका स्तरीय कार्यशाला कार्यक्रम सम्पन्न भएको  हो । 

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवि मैनालीको अध्यक्षतामा सम्पन्न कार्यशालामा  पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वास कार्यदल सदस्यहरु, खानेपानी समिति पदाधिकारीहरु तथा सम्वन्धित कर्मचारीहरुको सहभागिता रहेको पालिकाका योजना शाखा प्रमुख राज न्यौपानेले जानकारी दिए ।