झापा ।
झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको बिच भागको डिलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ६०÷६५को पहाडी मुलकको जस्तो देखिने उक्त लाश तत्काल नामथर वतन नखुलेको प्रहरीले जनाएको छ ।
आज (आइतवार) बिहान ११ः५० बजेको समयमा पुरुष व्यक्ति घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अविरल बर्षासँगै आएको वाढीले बगाएर ल्याएको अवस्थामा उक्त लाश भेटिएको हो ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट सहित प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















