झापा । 

अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन रोकिएको हो।

बिहान करिब २ बजे बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेसँगै राजमार्ग बन्द भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी, प्रहरी र यात्रुको सहयोगमा केहीबेर सडक खुलाइएको भएपनि पुनः माथिबाट पहिरो खस्दा पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ।

निरन्तर वर्षा र माथिबाट ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले सडक तत्काल खोल्न कठिनाइ भएको छ। यस सडकखण्डमा पटक–पटक पहिरो खसेर यातायात अवरुद्ध हुँदा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। संकेत तस्वीर