झापा ।
हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


















