सुरुङ्गा ।
एकका लागि एक अभियानले बाट इलाका प्रहरी कार्यालय सुरुङ्गालाई अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । अभियानले आज (शनिवार) प्रहरी कार्यालय परिसरमै पुगेर दुई लाख रुपैयाँ बराबरको अति आवश्यक सामाग्री प्रदान गरेको हो ।
अभियानले कम्प्युटर २ सेट, दराज स्टीलएक थान , दराज काठ एक थान, वाल र्याक, पलङ्ग २ थान, हाते माइक एक थान, टर्च लाइट ३ थान, ब्ल्याङ्केट १० थान, जस्ता पाता, वालघडी ३ थान, झुल १६ थान र र्याक १ थान प्रदान गरेको बताइएको छ ।
उक्त २ लाख बराबरको सामग्री र झुल इलाका प्रहरी कार्यालय सुरुङ्गाका इञ्चार्ज प्रहरी नायव निरिक्षक सुवास ढुंगानालाई हस्तान्तरण गरिएको थियो । अभियानको तर्फबाट नबीन गट्टानी, लीला चिमरिया, सुवास भट्टराई, शिव कडेल, एकराज गिरीसहित झापाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।
गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाको भवनमा ठूलो क्षति पुगेको थियो ।


















