झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारेमा एक व्यक्ति मृत फेला परेका छन् । सोही स्थान खुल्ला चौरमा स्थित कृष्णमाया संग्रौलाको घरमा डेरा गरी बस्ने व्यक्त मृत फेला परेका हुन् ।
आज ९शुक्रवार० साँझ ६ बजेको समयमा अन्दाजी ५२ बर्षीय टुनु साह घोप्टो परी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरीको टोली गएको छ ।
स्थानियहरुको भनाई अनुसार मृतक बिगतदेखि नै अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ। लाश पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाइएको जिल्लन प्रहरी कार्यालय झापाले जनाएको छ ।


















