झापा ।
जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा बिर्तामोड–७ का २७ बर्षीय सहिल मो. मिया भएको पहिचान खुलेको छ ।
मियालाई जंगलबाट आएको एउटा हात्तीले आक्रमण गरेको थियो । हात्तीले आज (बिहीवार) बिहान जंगली हात्तीले आक्रमण गरेको बताइएको छ ।
उनलाई कुल्चिएर आन्द्राभुरी बाहिर निस्कीएर घोप्टो मृत अवस्थामा रहेको आज विहान ६ः२० बजेको समयामा जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली गएर अनुसन्धान गरेको थियो । कानुनी प्रकृया पुरा गरी आज बिहान ८ः४० बजे पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ।


















