बिर्तामोड । 

क्षतिग्रस्त इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारका लागि स्थानीयले संकलन गरेको ६९ हजार ६८० रुपैयाँ हस्तान्तरण गरिएको छ । 

प्रहरी भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि झापा बिर्तामोड–५ स्थित भृकुटी मार्ग टोलका स्थानीयले संकलन गरेको उक्त रकम आज (बुधवार) एक संक्षिप्त कार्यक्रमका बिच सम्बन्धीत ब्यक्तित्वलाई प्रदान गरिएको हो । २९ जना टोलबासीबाट संकलित भएको रकम हस्तान्तरण गरिएको हो । 

भृकुटी मार्ग टोलका गोपाल दाहाल, गौरी भण्डारी, प्रमानन्द भट्टराईको अगुवाईमा संकलिन गरिएको उक्त रकम इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मत सम्भारको व्यवस्थापन गर्दै आएका बिपिन बजगाँईलाई हस्तान्तरण गरिएको छ । 

गोपाल दाहाल, गौरी भण्डारी, प्रमानन्द भट्टराई, नेपाल दशनामी समाज कोशी प्रदेशका सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरीले संयुक्त रुपमा संकलित रकम युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व समेत रहेका बजगाँईलाई हस्तान्तरण गरिएको स्थानीय तथा दशनामी बिर्तामोड नगर कोषाध्यक्ष बिदुर गिरीले जानकारी दिए । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनरामनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड आगजनीबाट ठूलो क्षति भएको छ । क्षतविक्षेत प्रहरी कार्यालयमा प्रहरी नहुँदा नजिकिदै गरेको बडादशैं साथै शान्ति सुरक्षामा चुनौती वढ्ने अवस्था मध्येनजर गर्दै युवा व्यवसायीहरु बजगाँई, पदम श्रेष्ठ, रमेश चौधरी, देवेन्द्र केसीको अगुवाईमा प्रहरी भवन पुनःनिर्माण र मर्मत सम्भारमा व्यवस्थापन गर्दै आएका छन् । हाल शान्ति सुरक्षालाई पहिलै अवस्थामा फर्कानु उदेश्यले हाल आर्थिक संकलन भइरहेको छ । 

यता सहयोग गर्न चाहने संस्था वा व्यक्तिले व्यवस्थापन पक्षले बिर्तामोडको माछापुच्छ«े बैंक लिमिटेडमा खातासमेत खोलेर खाता नम्बर र क्यूआर सार्वजनिक गरेको गरेका छन् । सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले सानर्वजनिक गरेको खाता नम्बर वा क्यूआरमार्फत पनि सहयोग गर्न सकिने बजगाँईले जानकारी दिए ।