झापा ।
हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायूको आँशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
कोशी, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


















