बिर्तामोड ।
झापाको बिर्तामोडबाट प्रकाशन हुँदै आएको शब्दपत्र डटकम अनलाइन न्यूज पोर्टल सफतापूर्वक ५ औं बर्ष प्रवेश गरेको छ । २०७७ सालदेखि सञ्चालनमा आएको शब्दपत्र डटकम अनलाइनले २०७८ भदौ १० गते शब्दपत्र प्रकाशन प्रालिको नाममा आधिकारिक कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको थियो ।
स्थानीय समाचार तथा सूचनालाई प्राथमिकता दिदै आएको शब्दपत्रले बिभिन्न आरोह अवरोह पार गर्दै आज (सोमवार) देखि सफलता पूर्वक चौथों बर्ष पूरा गर्दै पाँचौं बर्ष प्रवेश गरेको छ । शब्दपत्रले प्रत्येक बर्षको घटस्थापनाको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
यस पाँचौं बर्ष प्रवेशसम्म ल्याउन साथ, सहयोग, सल्लाह सुझाव दिनुहुने सञ्चालकहरु, सल्लाहकारहरु, अग्रज तथा समकालीन पत्रकार मित्रहरु, पाठक वर्ग, बिज्ञापनदाता, शुभचिन्तकसहित सम्पूर्णलाई कम्पनीको तर्फबाट हार्दिक धन्यवादसहित आभार व्यक्त गर्दछौं । साथै आगामी दिनमा पनि यहाँहरु सवैको साथ र सहयोगको अपेक्षा गर्दछौं ।
यस बर्ष शब्दपत्रले आफ्नो बार्षिकोत्सव अघिल्लो बर्षको भन्दा फरक तरिकाले मनाउने निर्णय गरेको छ । जस अन्तरगत अर्जुनधारा–५ स्थित पानिकलमा रहेको समाजसेवी युवा क्लव परिसरमा ५ औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसर पारेर बिभिन्न जातका ५ वटा वृक्षारोपण गर्ने शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार प्रालिले तीन जना सल्लाहकारहरु चयन गरेको र उनीहरुलाई स्थापना दिवसकै अवसरमा प्रमाणपत्रसमेत वितरण गरिनेछ ।


















