बिर्तामोड । 

पूर्वेली ढुवानी सेवा प्रालिले भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरेको छ । देशभर ढुवानी सेवा दिदै आएको प्रालिले आज (बुधवार) बिर्तामोड नगरपालिका–५ स्थित मुख्य कार्यालयमा भव्य विश्वकर्माको पूजा गरेको हो । 

आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने गरेका छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा अर्र्चना गरेर मनाउने गरिन्छ । यसै क्रममा प्रालिले पनि विश्वकर्माको विधिपूर्वक पूजा अर्र्चना गरेर मनाएको हो । 

कार्यालयसहित सवारी साधनलाई विशेष रुपमा सजाएर कर्मचारी तथा मजदुरलाई सहभागी गराएर प्रालिले प्रत्येक बर्ष विश्वकर्माको पूजा गर्दै आएको छ । मुख्य कार्यालय बिर्तामोडमा रहेको पूर्वेली ढुवानी सेवाको इटहरीमा शाखा कार्यालय रहेको प्रालिका सञ्चालक तथा अध्यक्ष निर्मल खत्रीले जानकारी दिए । उनका अनुसार प्रालिको ४२ वटा सवारी साधन छन् भने करिव एक सय जनालाई रोजगारी दिएको छ । 

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानको पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको र प्रालिले पनि भव्य रुपमा पूजा आराधना गरेर मनाएको खत्रीले बताए ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानेर त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्को भनाई छ ।  

bishwakarma puja