झापा । 

झापाको कनकाई नगरपालिका–७ बिरिङ खोला छेउमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

शुक्रवार साँझ बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक कनकाई–२ का ३८ बर्षीय दिनेशकुमार थपलियाको अनुहारमा चोट अवस्था सामान्य र सोही मोटरसाइकल पछाडी सवार सोही स्थानका ६० बर्षीय सोमनाथ दंगालको टाउकोमा चोट लागेर अवस्था गम्भीर घाइते भएका थिए । 

दुबै जना घाईतेको बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याएर उपचार भई रहेकोमा सोमनाथ दंगालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।