झापा । 

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले भावी प्रधानमन्त्रीमा इच्छा देखाएका छन् । उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगे । फेसबुकमा स्टाटस लेखेर देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङ त्यसैका लागि प्रयास गर्न काठमाडौं आएका हुन् । 

तर, जेनजीहरुको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेकी छन् । कार्की सिफारिसमा पर्ने भएपछि साम्पाङले आफ्ना समर्थकहरुलाई जंगी अड्डा बाहिर उतारे ।

साम्पाङका समर्थकहरुले जंगी अड्डा बाहिर गेटमा होहल्ला र नारावाजी गरेका छन् । उनीहरुले सुशीला कार्कीलाई नमान्ने भन्दै हर्क साम्पाङ वा बालेन साहलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहेका छन् ।

साम्पाङ जंगी अड्डामा भेटघाट सकेर बाहिर निस्किएका छन् । समर्थकहरुले माइकिङसहित होहल्ला गरेपछि जंगी अड्डाबाट पनि माइकमा उनीहरुलाई सम्झाउने प्रयास गरिएको छ । आफ्नो अगूवाको नाम टिपाएर जान र भोलि सम्पर्क गर्न माइकिङ गरिएको छ ।