झापा ।
नेपाली सेनाले जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन सबैमा अपिल गरेको छ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज (मंगलबार) जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ।
आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।
‘देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो’ सेनाको अपिलमा भनिएको छ ‘यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।’
नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।


















